नियम २२५
स्वदेशमा गराएको औषधि उपचारको भुक्तानी
स्थानीय निकायका पदाधिकारीले स्वीकृत स्वास्थ्य संस्थामा भर्ना भै स्वदेशमा गराएको औषधि उपचारको भुक्तानी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको प्रेस्किप्सन अनुसारकोे बील बमोजिम हुने रकमको नब्बे प्रतिशत रकमसम्म स्थानीय निकायको स्वीकृतिमा भुक्तानी दिन सकिने छ । यस्तो रकम पच्चीसहजार रुपैया“ भन्दा बढी हुने भएमा परिषद्मा पेश गरी निर्णय भए अनुसार गर्नु पर्नेछ ।